काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको कीर्तिपुर नगर समिति गठन भएको छ ।
कीर्तिपुरमा भएको एक भेलालले रत्नबहादुर महर्जनको संयोजकत्वमा ११ सदस्यीय नगर समिति गठन गरेको हो ।
समितिका सहसंयोजकमा केदार थापा र सदस्यहरुमा कृष्ण महर्जन, शम्भु मिजार, अर्जुन गिरी, रत्नबहादुर थापा ‘राजकुमार’, न्हुछेबहादुर महर्जनलगायत रहेका छन् ।
देजमोका केन्द्रीय सदस्य तथा नेकपा क्रान्तिकारी माओवादीका काठमाडौं जिल्ला सहसंयोजक भरत बुर्जाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।