अनेमसंघ (क्रान्तिकारी) को काठमाडौं जिल्ला समिति गठन

अनेमसंघ (क्रान्तिकारी) को काठमाडौं जिल्ला समिति गठन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को काठमाडौं जिल्ला समिति गठन भएको छ ।

कुपण्डोलमा भएको एक भेलाले शान्ता पण्डितको अध्यक्षमा २५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षमा सुधा पाण्डे, अञ्जना शाही, कुमारी थापा मगर, सुमित्रा न्यौपाने, बैकुण्ठ लक्ष्मी श्रेष्ठ, सचिवमा अमिर मैया रञ्जित, कोषाध्यक्षमा पार्वती गुरुङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा अङ्गुछिरिङ शेर्पा, अनिता पुरी, कल्पना थापा, विष्णुकुमारी पन्त, लक्ष्मी कोइराला, ममता राई, सुनिता श्रेष्ठ, हर्कमाया लिम्बू, सन्तोषी बोगटी, जानुका पराजुली, मञ्जु राना, कमला सिउठानेलगायत रहेका छन् ।

सुमित्रा न्यौपानेको अध्यक्षतामा भएको सो भेलामा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा नेवाः राज्यको महिला फ्याक्सन इन्चार्ज नगेन्द्र राई, अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका केन्द्रीय सदस्य एवं. काठमाडौं जिल्ला संयोजक शारदा महत, अनेमसंघ (नेवाः राज्य संयोजक अम्बिका पाण्डे लगायतको सहभागिता रहेको थियो ।