दृष्टिबिहीन विश्वकप क्रिकेट : आज नेपाल र अस्ट्रेलिया भिड्ने

दृष्टिबिहीन विश्वकप क्रिकेट : आज नेपाल र अस्ट्रेलिया भिड्ने

काठमाडौं । दृष्टिबिहीन विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा मंगलबार नेपाल र अस्ट्रेलियाबीच खेल हुँदैछ ।

भारतको राजधानी नयाँ दिल्लीमा हुने खेलमा नेपाललाई अस्ट्रेलियाविरुद्ध बदला लिँदै राम्रो सुरुवात गर्ने अवसर रहेको छ । दृष्टिबिहीन क्रिकेटको यो दोस्रो संस्करण हो ।

पहिलो संस्करण पनि भारतमा नै भएको थियो । पाँच बर्षअघि भएको पहिलो संस्करणको खेलमा नेपाल अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । नेपाली टोलीले यसपटक सुधारिएको प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।