चितवन । चितवनको माडी क्याम्पसमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को इकाइ समिति गठन गरिएको छ । संगठनका केन्द्रीय सदस्य अमृत चपाईले दिएको जानकारी अनुसार शुक्रबार भएको एक भेलाले माडी क्याम्पसका मनोज चौधरीको अध्यक्षतामा ९ सदस्यीय इकाइ समिति गठन गरिएको हो । स्ववियू निर्वाचन नजिकिदै गर्दा अखिल (क्रान्तिकारी)ले देशैभरिका क्याम्पसहरुमा संगठन विस्तारलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर