
मिथिला र तमुवानमा ६ गते गरियाे अभियानको उद्घाटन
बर्दिबास । नेकपा (क्रान्तिकारी माओवादी) मिथिला राज्यले ६ गते बिहीबार अभियानको उद्घाटन गरेको छ । पार्टीका बरिष्ठ नेता तथा देजमोका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले महोत्तरीको बर्दिबासमा उद्घाटन गरेको मिथिला राज्यस्तरीय तीन महिने ‘संगठन विस्तार तथा जनपरिचान अभियान’मा मिथिलाका चारवटा जिल्ला सिरहा, धनुषा, महोत्तरी, सर्लाहीका नेता कार्यकर्ता र जनताको उल्लेख्य उपस्थिति रहेको थियो ।




पार्टीका मिथिला राज्यका इन्चार्ज कृष्णदेव सिंह दनुवारको अध्यक्षतामा सम्पन्न अभियान उद्घाटन कार्यक्रमको संचालन पार्टी केन्द्रीय सदस्य रोशन जनकपुरीले गरेका थिए भने स्वागत मन्तव्य केस महेश यादवले राखेका थिए । मिथिलाको सप्तरी जिल्लामा भने अलग कार्यक्रम गरी माघ ५ गते बुधबार नै अभियानको उद्घाटन गरेको समाचार छ । जिल्लाको कुशहा बजारमा एक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ । पार्टीका केन्द्रीय सदस्य मोहनसिंह तामाङको उपस्थितिमा अभियानको उद्घाटन गरिएको समाचार स्रोतले बतायो ।
पोखरा । यता पोखराबाट हाम्रा संवाददाताले पठाएको समाचार अनुसार तमुवानका चारवटा जिल्लामा पनि माघ ६ गते अभियानको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्राप्त समाचार अनुसार पर्वतको जिल्लाको अभियान उद्घाटन जिल्ला इन्चार्ज तेजेन्द्र पौडेलले गरेका छन् । कुस्मा खरको अध्यक्षतामा सम्पन्न अभियान उद्घाटन कार्यक्रमको संचालन महान गुरुङले गरेका थिए ।
कास्की जिल्लाको अभियान उद्घाटन पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज रामजी थापाले गरेका छन् । पोखराको लखन चोकमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता सन्तबहादुर भुजेलले गरेका थिए भने संचालन बमबहादुर छन्त्यालले गरेका थिए ।
तनहुँ जिल्लाको अभियानको उद्घाटन भने पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा तमुवान इन्चार्ज श्रीनाथ अधिकारीले गरेका छन् । जिल्ला सदरमुकाम दमौलीमा आयोजना गरेको अभियान उद्घाटन कार्यक्रमको अध्यक्षता बाबुराम सुवेदीले गरेका थिए भने संचालन जिल्ला पार्टीका सहसेक्रेटरी नेवबहादुर रानाले गरेका थिए ।
गोरखा जिल्लाको अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य नारायण अधिकारी‘निश्चल’ले गरेका छन् । जिल्ला पार्टीका सेक्रेटरी कृष्ण कट्टेलको अध्यक्षता तथा संचालनमा सम्पन्न कार्यक्रमले जिल्लाका गाउँ गाउँमा अभियानलाई प्रभावकारी रुपमा संचालन गर्ने उद्घोष गरेको छ ।
देजमो काठमाडौंको संयोजकमा किरण शाही
क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा नेवा राज्यका सहइन्चार्ज पवनमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले २९ जना जिल्ला समिति निर्माण गरेको हो । गोर्की श्रेष्ठको अध्यक्षता र खगेन्द्र छन्त्यालको संचालनमा सम्पन्न उक्त भेलाले काठमाडौं जिल्लाका सदस्यहरुमा क्रमशः घनश्याम दाहाल, ढोगप्रसाद अधिकारी, जमानसिंह लामा, रेखा रम्तेल, रत्न महर्जन, प्रविण देउला, ठमानसिंह तामाङ, फणिन्द्र कार्की, मिनकुमार राना, तिलविक्रम चोङवाङ, नमस्ते सायमी, श्याम कार्की, रवि तामाङ, दलबहादुर घर्ती, बालकुमार सुनुवार, रविन्द्र मिश्रलगायतलाई चयन गरेको छ ।
पार्टीका सचिवालय सदस्य कमल चौधरी, पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठ, पार्टी केस शारदा महत, मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, भरत बुर्जालगायतको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले मोर्चा तीन जादुगरी हतियारमध्ये सत्ता र संघर्षको प्रमुख साधन भएको बताएका थिए भने अतिथीहरु चौधरी, महत, गजुरेल र बुर्जाले नवनिर्मित कमिटीलाई बधाइ मन्तव्य राखेका थिए ।
संयोजकमा चुनिएका शाहीले प्रतिबद्धता मन्तव्य राखेसँगै सम्पन्न भएको भेला लगत्तै बसेको उक्त मोर्चाको पहिलो बैठकले माघ मसान्तमा महानगर कमिटी र नगर कमिटिहरु बनाइसक्ने, तीन महिनाभित्र सदस्यता वडा कमिटीहरु गठन गर्ने र प्रत्येक नगर र महानगरका इलाकाले कम्तिमा २ सयका दरले सदस्यता वितरण गर्ने, फाल्गनु पहिलो साता जिल्ला प्रशासन कार्यालय, महानगर र १० वटै नगरपालिकामा स्थानीय समस्याहरुलाई समेटी ज्ञापन पत्र बुझाउनेलगायतका महत्वपूर्ण निर्णय समेत गरेको छ ।
देजमो पाल्पाको संयोजकमा मकबुल अली
तानसेन । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पाल्पाको संयोजकमा मोर्चाका केन्द्रीय सदस्य समेत रहेका मकबुल अली चुनिएका छन् । त्यसैगरी जिल्ला सदस्यहरुमा क्रमशः खिलराज खाती, इश्वरी वि.क., रामप्रसाद खत्री, चुनिकला विक, भोजबहादुर मश्राङ्गी, लिला श्रेष्ठ, अलिफ खानलगायत रहेका छन् । हालै भएको एक भेलाले १५ सदस्सीय देजमो जिल्ला समिति निर्माण गरेको हो ।
बझाङमा माकेबाट १५ जना विध्यार्थी नेता क्रान्तिकारी माओवादीमा प्रवेश
कमल थापा बने अखिल (क्रान्तिकारी) बझाङको जिल्ला अध्यक्ष
बझाङ । माकेका विध्यार्थीका जिल्ला नेता कमल थापा १५ सदस्यीय टोलीसहित क्रान्तिकारी माओवादीमा प्रवेश गरेपछि उनकै नेतृत्वमा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) बझाङको जिल्ला समिति निर्माण भएको छ । बिहीबार सम्पन्न भेलाले उपाध्यक्षमा ओमजंग थापा, सचिवमा सुमन सिम्खडा, सहसचिवमा जयराम जोशी, कोषाध्यक्षमा रविन्द्र रोकाया, सदस्यहरुमा सुमन विक, जीवन बोहरा, नविन जोशी, गौरी जोशी, प्रज्वल रोकाया, यज्ञराज धामी, हिक्मत धामी, अर्जुन जंग शाही, उमेश भण्डारी, पदम कठायत, कलक कठायत, गणेश बुढा, जगत जोशी, पुस्कर जोशी, प्रकाश धामी, मनोज विसी, सुनिल विसी, किसन कठायत, महेन्द्र रोकाया, क्षितिज रावल, दिनेश धामीलगायतलाई चयन गरेको छ ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) बझाङ जिल्लाको जयपृथ्वीबहादुर सिंह नगर कमिटी अशोक ओलीको संयोजकत्वमा गठन गरिएको छ । सो कमिटी पुष्पराज उपाध्याय, राजेन्द्र विकलगायत ११ सदस्सीय रहेको छ । त्यसैगरी सोही नगरमा राजेन्द्र विकको संयोजकत्वमा ९ सदस्यीय देजमो पनि गठन गरिएको त्यहाँबाट हाम्रा प्रतिनिधिले जनाएका छन् ।
त्यसैगरी, डडेल्धुरामा माकेको जिल्ला सचिवालय सदस्य सुधिर जैरुको नेतृत्वमा ७ जना क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् भने त्यो जिल्लामा विभिन्न पार्टी परित्याग गरेर क्रान्तिकारी माओवादीमा प्रवेशको लहर विस्तार बढ्दै गएको र केही दिनमै अन्य नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा प्रवेश गर्ने तयारी गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।
देजमो गोरखाको संयोजकमा छविलाल घले
गोरखा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको गोरखा जिल्ला संयोजकमा छविलाल घले चुनिएका छन् । हालै सम्पन्न एक भेलाले सचिवमा विजय आलेलाई चयन गरेको छ भने सदस्यहरुमा दिलबहादुर भुजेल, प्रताप भण्डारी, अमृत राना, बालकृष्ण अछामी, टलबहादुर गुरुङ, सन्तकुमारी घले, हरिराम दवाडी, नेत्र देवकोटा, दलबहादुर गुरुङ, नरबहादुर गुरुङ, भगिरथ गुरुङ, तारा पोख्रेल, शिव कुमाल, राजकुमारी देवकोटा र भाद्र प्रसाद देवकोटालाई चयन गरेको छ ।