बर्दिबास । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेल गौरवले पुष्पकमल दाहालको नेतृत्वमा रहेको माओवादी केन्द्रसँग कुनै प्रकारको एकताको सम्भावना नरहेको बताएका छन् । 

महोत्तरीको बर्दिबासमा क्रान्तिकारी माओवादीको मिथिला राज्यस्तरीय ३ महिने संगठन सदृढिकरण तथा जनपरिचालन अभियानको सुरुवात गर्दै नेता गजुरेलले माकेसँग एकता वा कार्यगत एकता नहुने बताएका हुन् ।

माओवादी केन्द्र र त्यसका नेताहरुले १० वर्षे जनयुद्धका उपलब्धी संस्थागत गर्ने भन्दा पनि संसदीय भासमा फँसेको बताए । नाउँ कम्युनिष्ट पार्टी नै राखिएको भएपनि माओवादी केन्द्र अब एमालेजस्तै संसदीय पार्टी बनेको नेता गजुरेलको भनाइ छ । 

कम्युनिष्ट पार्टी गठन र सञ्चालन एबम् सैद्धान्तिक सवालमा प्रचण्ड र एमालेमा अब केही फरक नरहेको नेता गजुरेलले बताए ।

उनले पार्टीलाई नयाँ जनवादी क्रान्ति पूरा गर्न बलियो बनाउनका लागि अभियान सञ्चालन गरिएको उनले बताए । 

तीन महिने अभियानका क्रममा संगठन विस्तार, पुनः निर्माण, गठन तथा संघर्षका कार्यक्रम सञ्चालन हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर