एजेन्सी । भारतको दिल्ली र मुम्बईमा वायु प्रदुषणका कारण पछिल्ला ३० वर्षमा ८१ हजारको मृत्यु भएको छ ।
टाइम्स अफ इण्डियाले ३० वर्षका दौरान २०१५ सम्ममा ८१ हजारको मृत्युको कारण वायु प्रदुषण भएको खबर छापेको छ ।
आईआईटी बाम्बेको नयाँ अध्ययनमा सन् १९९५ को तथ्यांक भन्दा दुई गुणाले मृत्यु हुनेको संख्या बढेको देखिएको छ ।
आर्थिक दृष्टिकोणले पनि वायु प्रदुषणका कारण ठूलो क्षति भएको देखिएको छ । दुवै सहरमा करिब ७० हजार करोड क्षति भएको छ । यो भारतको जीडीपीको ०.७१ प्रतिशत हो ।