बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) को तीन महिने संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियान शुरु भएको छ । पार्टीले एकैपकट ७५ जिल्लाबाट अभियान शुरु गरेको हो ।

पार्टी केन्द्रीय कार्यक्रम अनुसार रुपन्देहीमा पनि अभियान शुरु भएको छ । पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले एक भव्य कार्यक्रमकाबीच शंकरनगरको बनबाटिकाबाट अभियानको उद्घाटन गरेका हुन् ।

उनले सो अवसरमा बोल्दै जनपरिचालन सफल पार्न लाग्न कार्यकर्तालाई निर्देशन दिए । संसदीय व्यवस्थाको भण्डाफोर र संगठन विस्तार अभियानलाई सँगसँगैं लैजान उनको आग्रह थियो ।

पार्टी केन्द्रीय समितिका सदस्य निलबहादुर पुनले पश्चगामी संविधान खारेज गरी जनसंविधान निर्माणमा जोड दिए ।

अर्का केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडेलले क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी शक्तिहरुबीच धु्रबिकरणको आवश्यकता औल्याए ।

पार्टी, रुपन्देहीका सचिव भुलबहादुर सुनारीको अध्यक्षता, सचिवालय सदस्य विनोद मरासनीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला सल्लाहकार दलबहादुर थापा, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सचिव तेजकुमारी थापा लगायतले बोलेका थिए ।

अभियान चैत्रसम्म चलनेछ । पार्टीले सोही कार्यक्रमबाट तीन सल्लाहकारसहित २३ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल, रुपन्देही समेत गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर