काठमाडौं । काठमाडौमा भएको एक भेलामा बुढा कम्युनिष्टहरुले आपसका अनुभव साटासाट गरेका छन् । यसरी अनुभव साटासाट गर्ने वातावरण मानवअधिकारकर्मी शुशिल प्याकुरेलले मिलाएका थिए ।
शुक्रबार गरिएको भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, कम्युनिष्ट वयोवृद्ध नेताहरु डिपी अधिकारी, कमलराज रेग्मी, अरविन्द रिमाल, माधव नेपाललगायतका नेताहरु उपस्थित रहेका थिए । उपस्थित सबैले कम्युनिष्ट आन्दोलनमा भोगे गरेका अनुभवहरु साटासाट गरेका थिए ।