बार्सिलोनाको जितमा स्वारेज, नेयमार र मेस्सीको गोल

बार्सिलोनाको जितमा स्वारेज, नेयमार र मेस्सीको गोल

काठमाडौं । बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबारराति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो । 

बुधबार राती भएको प्रि क्वाटरफाईनलको दोस्रो लेगको खेलमा बार्सिलोनाले बिल्बाओलाई ३–१ ले हरायो । पहिलो लेगको खेलमा २–१ ले पराजित बार्सिलोना यो जितपछि समग्रमा भने ४–३ ले विजयी भएको हो ।

बार्सिलोनालाई क्वाटरफाइनल यात्रा तय गराउने क्रममा लुईस स्वारेज, नेयमार र लियोनल मेस्सीले एक एक गोल गरे । यो सहित स्वारेजले बार्सिलोनाका लागि सय गोल पूरा गरेका छन् । 

किङ्स कप फुटबल अन्तर्गत बुधबारराति सम्पन्न अन्य खेलहरुमा डेपोर्टिभो ला कोरुनालाई हराँउदै आलाभेज, भिल्लारियललाई हराँउदै रियाल सोसिडाड र कोर्डोबालाई हराँउदै अल्कोर्सन पनि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।