काठमाडौं । फेसबुकजस्ता सामाजिक सञ्जालमा सक्रिय मानिसहरुले नकारात्मकता किन फैलाउछन् भन्ने विषयमा एक अध्ययन भएको छ ।
शोधका अनुसार सामाजिक सञ्जालका प्रयोगकर्तामा आफूभन्दा खुसी देखिने कुनै अनलाइन साथी भेट्दा जलन पैदा हुने पत्ता लागेको छ । शोधकर्ताका अनुसार मानिसमा नकारात्मकता र निराशा फैलाउनमा ‘लाइक’ को चाहाना पनि एक हो ।
मानिस सामाजिक सञ्जालमा चाहाना भन्दा कम लाईक आयो भने पनि निराश हुने गरेको पत्ता लागेको छ । यस्ता व्यक्तिमध्ये ४२ प्रतिशतले आफ्नो भन्दा साथीको पोस्टमा बढी लाइक आउँदा आफूमा जलन हुने बताएका छन् ।
रुसको क्यास्परस्काई ल्याबका शोधकर्ताहरुले संसारभरका १६ हजार ७५० जनामा गरेको सर्वेक्षणका मानिसहरु सामाजिक सञ्जालबाट कुन्ठित भइरहेको पाइएको छ ।
सामाजिक सञ्जालको प्रयोगबाट मानिसले नकारात्मकता बटुल्ने दर सरकारात्मकताभन्दा बढी भइसकेको पाइएको छ । मानिस सामाजिक सञ्जालको उपयोग सकारात्मक कारणबाट गर्दछ र राम्रो अनुभव लिन चाहन्छ ।
६६ प्रतिशत मानिस सामाजिक सञ्जालको प्रयोग आफ्ना साथी तथा सहकर्मीसँग सम्पर्क गर्नका लागि गर्दछन् भने तिनै ६० प्रतिशतले मनोरञ्जनात्मक र हाँस्य पोस्ट हेर्न चाहन्छन् ।
सामाजितक सञ्जालमा आपसी कुराकानीबाट मनोरञ्जन लिनुका बाबजुद मानिसले छुट्टी बिताउने, शौख पूरा गर्ने, पार्टीमा जानेका पोस्ट देखेर मानिस निराश हुने गर्दछन् ।