
काठमाडौं । इंग्लिस घरेलु फुटबल प्रतियोगिता एफए कपका तेस्रो चरणका खेलहरु आजदेखि सुरु हुदैछन् ।
इग्लिस प्रिमियर लिग फुटबलका आधा खेलहरु सकिएपछि एफए कपका मुख्य खेल सुरु हुने गर्दछन् । एफए कपका तेस्रो चरणका खेलबाट प्रिमियर लिग क्लबहरु समेत सहभागी हुने गर्दछन् ।

एफए कपका सुरुवाती खेलहरु भने यसअघि नै भएका थिए । तेस्रो चरणदेखिका खेलहरुलाई महत्वका साथ हेर्ने गरिन्छ ।
आज हुने खेलमा प्रिमियर क्लबहरु म्यानचेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड भिड्नेछन् । यसैगरी तेस्रो चरणकै खेलमा एभर्टन र लेष्टर सिटी भिड्दा हल सिटी र स्वान्सी सिटी तथा सण्डरल्याण्ड र बर्नले भिड्नेछन् ।
यसैगरी लिभरपुलले चौथो डिभिजनको प्लाईमाउथसँग खेल्दा चेल्सीले तेस्रो डिभिजनको पिटरबोरोसँग खेल्नेछ । म्यानचेस्टर युनाईटेडले च्याम्पियनसिप क्लब रिडिङसँग खेल्दा आर्सनल पनि च्याम्पियनसिपकै प्रेस्टनसँग खेल्नेछ ।