काठमाडौं । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पुनः सरकारका नाममा ल्याउने फैसला सुनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजोमा दिएको राजा वीरेन्द्रको नामको सो जग्गा अब सरकारको नाममा रहने भएको छ । प्रेरणाको विवाह २०५९ मा नै भएको भएपनि ज्ञानेन्द्रले छाउनीको १५ रोपनी १ आना जग्गा १०६२ सालमा छोरीलाई दिएका थिए ।
जनआन्दोलन २०६२÷६३ पछि पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्ति खोजी गर्ने क्रममा छाउनीको सो जग्गा पनि सरकारको नाममा ल्याउने नेपाल ट्रस्टको निर्णयविरुद्ध प्रेरणा सर्वोच्च गएकी थिइन् ।
उनको मुद्धाको सुनुवाई गर्दै तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले १ अर्बभन्दा बढी मूल्य पर्ने सो जग्गा प्रेरणालाई नै फिर्ता दिन आदेश दिएको थियो ।
त्यसविरुद्ध सरकारले दर्ता गरेको पुनरावलोकन मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशद्वय सपना मल्ल प्रधान र दीपक कार्कीको इजलासले पुरानो फैसला उल्ट्याएको हो ।