काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट ३४ किलो सुन बरामत गरेको छ ।
बुधबार दुवईबाट काठमाडौं आएको एयर अरेवियाको विमानबाट यति ठूलो परिमाणमा सुन बरामद भएको हो ।
बरामत गरिएको सुनमा १० तोलाको दरमा २८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान सिक्रीजस्तै आकारका सुनका मालाहरु छन् । प्रहरीले यसको तौल ३४ किलो रहेको बताएको छ ।
सिआईबीको टोलीले विषेश सूचनाका आधारमा विमानस्थल पुगेर सुनसहित बाँकेका गोपाल बहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको छ ।
सुन राखिएको लगेजसहित गोपाल बहादुर शाही बुधबार दुवईबाट काठमाडौं आएका थिए । बिहीबार लगेज लिन गएका शाही सहित थापा र काफ्ले समेत पक्राउ परेका हुन् । अवैध कारोबारीमाथि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।