इस्तानबुलमा आक्रमण, ३५को मृत्यु, ४० बढी घाइते

इस्तानबुलमा आक्रमण, ३५को मृत्यु, ४० बढी घाइते

टर्की । टर्कीको इस्तानबुल स्थिति एउटा रात्री क्लबमा भएको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको खबर छ ।

घटनामा ४० बढी घाइते भएको बताइएको समाचार एजेन्सीहरुले बताएका छन् । अर्टाकोएमा रहेको रेयना रात्री क्लवमा स्थानीय समय अनुसार राति साढे १ बजे आक्रमण भएको थियो ।

नयाँ बर्ष मनाइरहेको समय सान्टा क्लसको पोशाकमा आएका २ जना आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेको टर्की प्रहरीलाई उदृत गर्दै समाचार माध्यमले जनाएका छन् । घटना लगत्तै स्थानीय प्रशासनले १७ सय प्रहरी खटाएको छ ।

आक्रमण भएको स्थान आसपासका सर्वसाधरणलाई पनि सावधान रहन प्रशासनले आग्रह गरेको छ ।