क्रान्तिकारी माओवादीद्वारा श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी माओवादीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले एक शोक वक्तव्य जारी गर्दै २०७३ पौष १ मा दाङ्ग हापुर निवासी पार्टीसमर्थक तथा शुभचिन्तक लक्ष्मी पोख्रेलको ६३ वर्षको उमेरमा भएको असामयिक निधनले निकै दुःखित र्भका् भन्दै पार्टीका अमर सहिद कमरेड विश्वेश्वर पोख्रेलकी जीवन सँगिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सोमबार जारी गरिएको शोक वक्तव्यमा भनिएको छ, “पार्टीसमर्थक तथा शुभचिन्तक लक्ष्मी पोख्रेलको दुःखद निधन भएकोमा वहाँप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, हामी वहाँका शोकसन्तप्त परिवारजनप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौं ।”
पार्टीकाम, जनआन्दोलन र महान् जनयुद्धमा निकै सहयोगी रहिआउनु भएकी लक्ष्मी पोखरेलका तीन छोरा तथा वुहारी, दुई छोरी तथा जुवाइँ र नातीनातिनाहरु छन् ।