काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले आज देशैभर १२४ औं जयन्ती मनाउने भएको छ । पार्टी केन्द्रीय समितिको आयोजनामा ललितपुरको कुपण्डोलमा एक कार्यक्रमका बीच माओ जयन्ती मनाइदैछ भने जिल्ला जिल्लामा पनि माओ जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रम गरिदैछ । ललितपुरको कुपण्डोलमा आयोजना गरिएको कार्यक्रममा पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’लगायत बरिष्ठ नेताहरुको उपस्थिति रहने पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले मूलबाटोलाई बताए ।

आज नेपाल लगायत संसारभरका श्रमजीवी सर्वहारावर्गले माओलाई विभिन्न कार्यक्रम गरेर सम्झिरहेका छन् । माओको आजकै मितिमा अर्थात् सन् १८९३ डिसेम्वर २६ मा जन्म भएको थियो । माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक हुनुहुथ्यो । उहाँ चीनको विश्व चर्चित लम्बे अभियान, जापान विरोधी युद्घ (१९३७–४५) र मुक्ति युद्घ (सन् १९४६–४९) का नेता एवम् नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजस्र स्रोत हुनुहुन्छ । माओ विश्वकै महान् पुरुष मध्येकै एक बन्न पुग्नु भएको छ ।

माओले दर्शनको क्षेत्रमा विकास गर्नु भएको एकता–संर्घष, रुपान्तरणको नियम, दुई एकमा संयोजन होइन, एक दुईमा विभाजन हुन्छ भनी उक्त नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा ‘राजनीतिलाई पक्र, उत्पादन बढाऊ !’ भन्ने मान्यता र वैज्ञानिक समाजवादको क्षेत्रमा दिर्घकालीन जनयुद्घको रणनीति, नयाँ जनवादी राज्य व्यवस्थाको मोडल र सर्वहारा अधिनायकत्वअन्र्तगत निरन्तर क्रान्तिको सिद्घान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए । त्यसैले आज संसारभरिका माओवादी क्रान्तिकारीहरुले मा.ले.मा.वादलाई आफ्नो मार्गनिर्देशक सिद्घान्तको रुपमा अपनाउँदै आएका छन् । अध्यक्ष माओले प्रतिक्रियावादीहरुलाई रणनीतिक रुपमा कागजी बाघको संज्ञा दिनुभयो ।

उहाँले साम्राज्यवादको पतनको भविष्यवाणी गर्नुभयो । विश्वमा देखापरेको पछिल्लो आर्थिक मन्दी र बहुध्रुवीय विश्वतर्फ साम्राज्यवादी विश्व व्यवस्थाको ओरालो यात्राले माओले आज भन्दा ६८ वर्ष पहिले गर्नुभएको संश्लेषण कति सटिक र दुरदर्शी थियो भन्ने नै प्रमाणित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर