काठमाडौं । ११८ यात्रु बाकेर त्रिपोलीका लागि उडेको लिवियाको एक विमान अपरहणमा परेको छ । विमान माल्टामा अवतरण गराइएको छ । अफ्रिकिया एयरलाइन्सको उक्त विमान एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो । न्यूज एजेन्सीहरुका अनुसार विमानमा दुई अपहरणकारी छन्, जसले बम विस्फोट गराउने धम्की दिएका छन् ।

अफ्रिकिया एयरलाइन्सले पनि विमान अपहरणमा परेको पुष्टि गरेको छ । विमान लिवियाको सेभा अन्तर्राष्ट्रिय हवाई अड्डाबाट त्रिपोलीसम्मका लागि उडेको थियो । विमानलाई सैनिकहरुले घेरेर राखेको छ । तर यात्रुहरुसँग सम्पर्क स्थापित हुन सकेको छैन ।  समाचार एजेन्सी रोयटर्सले बताए अनुसार अपहरणकारीसँग ह्याण्ड ग्रिनेड बम छ । माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले आपतकालीन उद्दारका लागि सुरक्षा फोर्स तयारी अवस्थामा रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर