काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि पार्टी कार्यालय बुद्धनगरमा सुरु भएको छ । पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’को अध्यक्षतामा बसेको बैठक तीन दिनसम्म चल्ने पार्टी कार्यालय सचिव कृष्णभक्त महर्जन‘कगेन्द्र’ले मूलबाटोलाई बताए ।
प्राप्त जानकारी अनुसार बैठकमा १३ वटा राज्य र केन्द्रीय कार्यालयको तर्फबाट पार्टीको सांगठानिक स्थितिका बारेमा रिपोर्टिङ भइरहेको छ । बिहान ११ बजेबाट सुरु भएको बैठकमा लिम्बुवानबाट पार्टी संयोजक सीताराम तामाङ, किरातबाट मिनकुमार राउत, कोचिलाबाट केदार गुरागाई, मिथिलाबाट कृष्णदेव सिंह दनुवार, पूर्वी ताम्सालीङबाट राम आचार्य, पश्चिम ताम्सालिङबाट चन्द्रहरि सुवेदी‘अटल’, भोजपुराबाट आम आश्रय राम, नेवाबाट दिनेश शर्मा‘सागर’, तमुवानबाट श्रीनाथ अधिकारी, अवधबाट प्रेम सुवेदी, थारुवानबाट हर्कबहादुर शाही, पूर्वी मगरात केवी गुरुङ, पश्चिम मगरातबाट कुमार शाहले रिपोर्टिङ गरेका छन् ।