एजेन्सी । अपहरणमा परेको लिबियाको विमानमा रहेका सबै यात्रुहरुलाई अपहरणकारीले छाडेका छन् । चालक दलका केही सदस्य र दुई अपहणकारी भने विमानमा नै छन् ।
अफ्रिकिया एयरलाइन्सको १ सय १८ जना सवार रहेको विमान अपहरणकारीले अपहरण गरी माल्टामा लगेर अवतरण गराएका छन् । अपहरित सो विमानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् ।
विमानमा सवार रहेका मध्ये पहिले महिला र बालबालिका गरी ६५ जनालाई छाडिएको थियो । पहिलो चरणमा २५ जनालाई छाडेका अपहरणकारीले दोस्रो चरणमा ४० जनालाई छाडेका थिए ।
विमानमा दुई जना अपहरणकारी रहेको बताइएको छ । अपहरणकारीसँग कुराकानी भइरहेको जनाइएपनि उनीहरुको माग के रहेको छ भन्नेबारेमा केही खुलेको छैन ।