आणविक क्षमता विस्तार गर्नुपर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पको जोड

आणविक क्षमता विस्तार गर्नुपर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पको जोड

वासिंगटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको आणविक क्षमता विस्तार गर्दै बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

परमाणु हतियारका बारेमा विश्वलाई राम्रो जानकारी नभएसम्म अमेरिकाले आफ्नो परमाणु क्षमता विस्तारित तथा बलियो बनाउनुपर्ने उनको भनाई छ ।

आगामी जनवरी २० देखि अमेरिकाको राष्ट्रपति पदको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका ट्रम्पले अमेरिकाले पनि आणविक क्षमता विस्तारित गर्नुपर्नेमा जोड दिएका हुन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनाको परमाणु क्षमता बढाउनुपर्ने बताएलगत्तै ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो ।

अमेरिकाको हतियार नियन्त्रण एसोसिएसनका अनुसार अमेरिकासँग ७ हजार १ सय परमाणु हतियार छन् भने रुससँग ७ हजार ३ सय परमाणु हतियार छन् ।