चिनियाँ नयाँ जनवादी क्रान्ति : लामो (दीर्घकालीन) युद्धदेखि जनयुद्धसम्म

चिनियाँ नयाँ जनवादी क्रान्ति : लामो (दीर्घकालीन) युद्धदेखि जनयुद्धसम्म

माओको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले सुरुमा लामो (दीर्घकालिन) युद्धको नीति र पछि १९४५ मा मात्र जनयुद्धको नीति अवलम्बन गरेर विश्वमा पहिलोपटक अक्टोबर १९४९ मा नयाँ जनवादी क्रान्ति सफल बनाएको थियो । त्यसकारण हामीले चिनियाँ नयँ जनवादी क्रान्ति र जनयुद्ध सम्बन्धि विषयलाई ठीक तरिकाले बुझ्नका लागि माओ र चिनियाँ कम्युनिष्ट पार्टीले अख्तियार गरेका सिद्धान्त, नीति र कार्यक्रमहरुलाई अध्ययन गर्न र बुझ्न आवश्यक छ । छोटकरीमा त्यो विषयलाई यसरी बुझ्न सकिन्छ :

जनयुद्ध जसलाई लामो (दिर्घकालीन) जनयुद्ध पनि भनिन्छ, चिनियाँ माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी एवं राजनीतिक नेता माओले पहिलोपटक विकास गरेको सैन्य–राजनीतिक रणनीति हो । जनयुद्धको आधारभूत अवधारणा भनेको जनताको समर्थन लिएर दुस्मनलाई भित्रि भागसम्म ल्याउनु हो, जहाँ जनताले तीनलाई चलायमान युद्ध र छापामार युद्धलाई मिलाएर सखाप पार्नेछन ।

यसले लामो (दिर्घकालिन) जनयुद्ध अन्तरगत वास्तव मै जित्न सकिने होशियारीपूर्वक छनौट गरिएका लडाईहरूका तीन चरणको रणनीतिलाई अवलम्वन गर्दछ ।……..

पहिलो चरणमा क्रान्तिकारी शक्तिले पहाडि अथवा अन्य कठिन भूगोल सहितका दुर्गम इलाकाहरूमा युद्ध शुरु गर्दछ जहा उसका दुश्मनहरू कमजोर हुन्छन । उसले क्रान्तिकारी आधार इलाका भनेर जानिने स्थानिय पकडक्षेत्र स्थापना गर्ने प्रयत्न गर्दछ । जब उसको शक्ति बृद्धि हुन्छ, त्यसले दोस्रो चरणमा प्रवेश गर्दछ, अरु आधार इलाकाहरू स्थापना गर्दछ र आसपासका गाउहरूमा आफनो प्रभाव बढाउछ, जहा उ शासन गर्ने शक्ति बन्न र भूमिसुधार जस्ता कार्यक्रमहरू मार्फत लोकप्रिय जनसमर्थन प्राप्त गर्न सक्दछ । अन्तत : तेस्रो चरणमा त्यो संघर्षले आखिरमा देशभरि सत्ता कब्जा गर्दासम्म स–साना शहरहरू त्यसपछि ठुला शहरहरू घेर्ने र कब्जा गर्न प्रयाप्त शक्ति हासिल गर्दछ । [People’s War, Part of a Series on Maoism, Wikipedia, and www. Marxists. org.]

माओले चिनियाँ कम्युनिष्ट पार्टीको युद्ध इतिहासको चर्चा गर्दै पार्टीलाई प्रत्यक्षरुपमा नै युद्धको तयारीमा लगाउनलाई पार्टीको आफ्नै सेना हुन अत्यावश्ेयक भएको र त्यसको महत्वलाई बुझेर चिनियाँ कम्युनिष्ट पार्टीले लालसेनाको निर्माण गरेको उल्लेख गर्दै भनेका छनः

हाम्रो पार्टीले ३ या ४ वर्षको अवधिसम्म अर्थात १९२१ (जतिबेला चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको थियो)देखि १९२४ (जतिबेला कोमिन्ताङको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको थियो) सम्म आफूलाई प्रत्यक्षरुपले युद्धको तयारीमा लगाउने कुराको महत्व बुझ्न, सैन्य बल गठन गर्नमा असफल रह्यो । यस विषयमा १९२४–२७ र अरु पछिको अवधिसम्म प्रयाप्त बुझाइको कमि रहयो तथापि जब यसले वाम्पाओ सैनिक प्रतिष्ठानमा सहभागिता जनाउन थाल्यो, यसले नया अवस्थामा प्रवेश ग¥यो र सैन्य मामलाको महत्व देख्न थाल्यो । क्वान्तुङ प्रान्तमा भएको युद्धमा कोमिन्ताङलाई सहयोग गरेर र उत्तरी अभियानमा सहभागि भएर पार्टीले केही सशस्त्र बलहरू माथि नेतृत्व हासिल ग¥यो । तब क्रान्तिको तितो पाठबाट सिकेर पार्टीले नानचाङ विद्रोह, शरद बालि विद्रोह र क्यान्टन विद्रोह संगठित ग¥यो, अनि एउटा नयाँ अवधिमा प्रवेश ग¥यो, लालसेनाको गठन । [The War History of the Chinese Communist Party, Mao Selected Works Vol. II, Pp. 225]

लामो (दीर्घकालिन) युद्धको नीति माओले चीनको विशिष्ट अबस्थामा प्रतिपादन गर्नुभएको हो, खास गरेर जापानजस्तो बलियो साम्राज्यवादी शक्तिको आक्रमणका विरुद्ध त्यस्तो युद्धको नीति अख्तियार गरिएको थियो । त्यसअन्तर्गत “गुहयुद्ध” “घेराउ र दमन” “चलायमान युद्ध” “कमजोर पार्ने र सिध्याउने युद्ध” “करौति जस्तो युद्ध” “छापामार युद्ध” “प्रतिरोध युद्ध” “गाउँले शहरलाई घेर्ने” “आधार इलाका” तयार पार्ने जस्ता रुपहरु अपनाइएको थियो ।

माओले युद्ध लामो (दीर्घकालिन) हुनुका कारणहरु उल्लेख गर्दै भनेका छन्ः

…तथ्य यो हो कि अहिले शत्रुपक्षको र हाम्रो आफ्नै शक्तिको बीचमा अत्यन्तै ठूलो असमानता छ ता कि शत्रुपक्षको कमजोरीहरु विकास भैसकेका छैनन्, र यो बेला उसको शक्तिलाई उल्टाउन पुग्ने हदसम्म विकास हुन सक्दैन । जब कि हाम्रा उपलब्धिहरु विकास भैसकेका छैनन् र यो बेला हाम्रो कमजोरीलाई पूर्ति गर्ने हदसम्म विकास हुन सक्दैन । त्यस कारण यतिखेर सन्तुलन हुन सक्दैन, असन्तुलन मात्र हुन्छ । …यसरी शत्रुपक्ष सापेक्षित रुपले बलियो हुन पुग्छ र हामी सापेक्षित रुपले कमजोर छौ कि शत्रुपक्ष सापेक्षित रुपले उच्च अवस्थामा छ र हामी सापेक्षित रुपले निम्छरो अवस्थामा छौं….

त्यस कारण यो अवस्थामा शत्रुपक्षको जित र हाम्रो हार हदैसम्म निश्चित रुपले नै सीमित भएको छ र यस कारण यो युद्ध लामो हुन जान्छ । [Why a protracted War? Mao Selected Works Vol. I, Pp. 135]

तर माआले जापान विरुद्ध प्रतिरोध युद्ध र जनवादी क्रान्तिलाई सफल पार्नका लागि झनै कठिनतम बाटो अपनाउनु पर्ने बबताउदै “जनयुद्ध” र “जनसेना” को नीति १९४५ मा गएर मात्र ल्याएका हुन् । त्यस बारेमा उनले यसरी उल्लेख गरेका छन् ः

यस अवधिको एकदम सुरुमा नै हामी कम्युनिष्टहरले चीनको जापानविरोधी प्रतिरोध युद्धका लागि दुईवटा वैकल्पिक बाटाहरु छन् भनेर भनेका थियौं । विजयसम्म पुग्न समग्र पक्षलाई समेट्ने जनयुद्ध वा पराजयमा पुग्ने, जनता उत्पीडित अबस्थामा रहने आंशिक युद्ध । हामीले यो पनि भनेका थियौ कि त्यो युद्ध लामो (दीर्घकालिन) हुनेछ र धेरै बाधा र कठिनाईहरु अपरिहार्यरुपमा सामेल हुनेछन्, तर चिनियाँ जनताहरुले आफ्नो मिहिनेतद्वारा अन्तिम विजय हसिल गर्ने कुरा सुनिश्चित थियो । [History Follows a Tortuous Course, Mao Selected Works Vol. III, Pp. 213]

माओले पार्टीको नेतृत्वमा रहेको र जनताका पक्षमा उभिने सशक्त सेना र आमजनसमुदायको बीचमा हुने ब्यापक सहयोग र सहकार्य मार्फत चलाइने युद्ध नै वास्तविक “जनयुद्ध” हुने बताउदै भनेका छन् ः

“तर जनता नै अति असल न्यायाधिशहरू हुन । जनताले थाहा पाए कि त्यो बेला उनीहरूको संख्या थोरै भएता पनि आठौ पथ र नया चौथो सेनाहरू उच्च गुणस्तरीय थिए, ताकि उनीहरूले एक्लै वास्तविक जनयुद्ध लड्न सक्दथे र जब उनीहरू एकपटक जापान विरोधी मोर्चामा पुगे र त्यहाँ व्यापक जनसमुदाय सग मिले भने उनीहरूका सामु असिमित सम्भावनाहरू खुल्नेछन । र जनताले ठिक भनेका थिए । यति खेर मैले यो प्रतिवेदन बनाउदा हाम्रो सेनामा १,१०,००० जनासम्म पुगिसकेका छन र हाम्रा ग्रामिण लडाकुहरू जसलाई सामान्य उत्पादनयुक्त कामबाट फिर्ता गरिएको छैनन । त्यो २२,००,००० भन्दा बढी पुगेको छ….”

“साथसाथै जनताले मुक्त इलाकाहरूमा विभिन्न खालका राजनीतिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य संबन्धि काम उत्साह पूर्वक सम्पादन गरेका छन्…

त्यो नै वास्तविक जनयुद्ध हो । त्यसप्रकारको जनयुद्ध संचालन गरेर मात्र हामीले राष्ट्रिय दुस्मनलाई हराउन सक्दछौं..[The People’s War, Mao Selected Works Vol. III, Pp. 214-217]

जनताको पक्षमा उभिने सेनाबिना चिनियाँ जनताले स्वतन्त्रता र एकीकरण हासिल गर्न, संयुक्त सरकार गठन गर्न, जापानी अतिक्रमणकारीहरुलाई पूर्णरुपले हराउन र नया चीन निर्माण गर्न असम्भव छ । अहिले जनताका पक्षमा पुरै उभिने सैन्य शक्ति भनेको मुक्त इलाकाहरुका आठौ पथ र नया चौथो सेना मात्रै हुन जो धेरै ठूला त छैनन्, चाहिने जति भन्दा बढी नै छन् ।” [The People’s Army, Mao Selected Works Vol. III, Pp. 245]

त्यतिमात्र होइन, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा लामो (दीर्घकालिन) जनयुद्धमार्फत् घरेलु प्रतिक्रियावादी शसकवर्गको प्रतिनिधि पार्टी कोमिन्तङको शसनलाई अपदस्त गर्न र जापानी साम्राज्यवादको अतिक्रमणलाई परास्त गरि नया जनवादी क्रान्ति सम्पन्न गर्नमा तत्कालिन सोभियत संघको निकै ठूलो सहयोग र भुमिका रहेको थियो ।

सोभियत संघले जापान विरोधि प्रतिरोध युद्धलाई राजनीतिक, कुटनैतिक र सैन्य हिसाबले समर्थन ग¥यो । उसले १९३७ देखि १९३९ सम्म मात्रै ९८५ वटा हवाईजहाज ८२ वटा टैंक र १३१७ वटा तोप दिएको थियो । चीनमा १९४० सम्म ३६६५ जना सोभियत सेनाहरु, पाइलट, पैदल सेनाका रुपमा हवाइसुरक्षा र अन्य क्षेत्रहरुमा कार्यरत थिए । ९ अगस्त, १९४५ मा सोभियत संघले जापान विरुद्ध युद्ध घोषणा ग¥यो । १० लाख भन्दा वढि सेनाकासाथ मन्चुरिया तर्फ बढ्यो र यसरी जापानी अतिक्रमणकारी माथि चिनियाँ सेनाको विजयलाई अगाडि बढायो । (Mao, Strategy of the New Democratic Revolution as part of the International Revolution, Stefan Engel, Dawn of the international Socialist Revolution, Pp. 49)

चीनमा लालसेनाको गठनसँगै माओ र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व र निर्देशनमा चलाइएको २५ वर्ष लामो क्रान्तिकारी युद्धका दौरानमा त्यहँको बद्लिदो विशिष्ट अवस्था अनुसार माओले “गाउँले शहरलाई घेर्ने” “लाल आधार इलाका निर्माण गर्ने” र “लामो (दीर्घकालिन)जनयुद्ध” जस्ता युद्धका स्वरुपहरु र सैन्य रणनीतिहरू विकास गर्नु भएको थियो । चिनियाँ नयँ जनवादी क्रान्तिलाई सफल बनाउने क्रममा चलेका विचारधारात्मक र राजनीतिक संघर्षका दौरानमा ती रणनीतिहरुको विकास भएको थियो ।

अन्ततः १ अक्टोबर १९४९ का दिन तियानान्मेन चोकमाथि उभिएर माओले जनवादी गणतन्त्र चीनको घोषणा गरेका थिए । जुन घोषणा माओले नेतृत्व गरेको चिनियाँ कम्युनिष्ट पार्टी र च्याङकाइसेकद्वारा नेतृत्व गरिएको कथित राष्ट्रवादी सत्ता, जसलाई अमेरिकाको पूर्ण समर्थन र सहयोग रहेको थियो– का बीच वर्षौंसम्म चलेको गृहयुद्धको चरमोत्कर्षको परिणाम थियो ।

चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर जनवादी गणतन्त्रको स्थापना भएपछि साम्राज्यवादी र पुँजीवादी शक्तिलाई ठूलो आघात परेको थियो । परिणामस्वरुप अमेरिका र वेलायत एवम् फ्रान्सजस्ता उसका गठबन्धनमा रहेका सहयोगीहरुको प्रस्तावमा चीनको संयुक्त राष्ट्रसंघको स्थायी सदस्यतासमेत खोसेर ताइवानलाई दिइएको थियो । अर्को शब्दमा भन्नुपर्दा मुख्यत : ताइवानलाई नै चीनको मान्यता दिइएको थियो । तर अल्वानियाले लगातार जनवादी गणतन्त्र चीनको स्थायी सदस्यता फिर्ता एवम् कायम गराउन प्रत्येक वर्ष राष्ट्रसंघमा प्रस्ताव राख्दै आएको प्रस्ताव राख्दै आएको थियो र आखिर दुई दशकपछि २५ अक्टोबर १९७१ मा त्यो प्रस्ताव पारित भएको थियो ।
आज माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर जनवादी गणतन्त्र स्थापना भएको सात दशक पुग्दैछ भने यही २२ डिसेम्बरमा माओको १२४ औं जन्म वार्षिकी मनाइदैछ ।