भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजु्क्छेले नेकपा (माओवादी केन्द्र)को चेनअफ कमाण्ड दिल्लीमा रहेको आरोप लगाएका छन् । विगतको नारायणहिटी दरबारको भूमिकामा दिल्ली दरबार रहेकोले अबको आन्दोलनको निशाना बालुवाटार नभएर लैनचौर (भारतीय दूताबास)लाई बनाउनु पर्ने कुरा औल्याए ।
भक्तपुरस्थित बासु माविको ५४ औं बार्षिक उत्सव कार्यक्रममा बोल्दै विगतमा भारतसँग सम्बन्ध राम्रो नभएका नेपाली नेताहरुको भारतले हत्या गरेको दाबी गर्दै आगामी दिनमा पनि सो क्रम दोहोरिन सक्ने उनले बताए । पाकिस्तान वा अन्य मुलुकसंँग राम्रो सम्बन्ध भएका नेपालका नेता वा अन्य व्यक्तिको हत्या भारतको इशारामा भएको बिजुक्छेको दाबी छ ।