पुष्पा बस्नेतले हात पारिन् सिएनएन सुपरहिरो अवार्ड

पुष्पा बस्नेतले हात पारिन् सिएनएन सुपरहिरो अवार्ड

काठमाडौ । अमेरिकी टेलिभिजन सिएनएनले नेपालकी पुष्पा बस्नेतलाई सिएनएन सुपर हिरो अवार्ड प्रदान गरेको छ । ‘सिएनएन हिरो’ अवार्ड प्रदान गर्न थालेको दश वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरोमध्येबाट सुपर हिरो अवार्ड प्रदान गरिएको हो ।

नेपालकी बस्नेतले यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै सुपर हिरो अवार्ड जितेकी हुन् । सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए ।

कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको भन्दै सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो ।

बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम सुपर हिरोको मनोनयनमा परेका थिए । सिएनएनले सोमबार विहान एक विशेष कार्यक्रमबीच बस्नेतलाई सुपर हिरो घोषित गरेको छ ।