प्रधानमन्त्री दाहालको सचिवालयले भ्रम छर्न खोज्यो : वैद्य

प्रधानमन्त्री दाहालको सचिवालयले भ्रम छर्न खोज्यो : वैद्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको विषयलाई लिएर प्रधानमन्त्रीको सचिवालयले गलत प्रचार गरेको नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले दावी गरेका छन् । माओवादी केन्द्र र क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुबीच कुपण्डोल कार्यालयका विषयमा देखिएको विवादलाई लिएर प्रधानमन्त्री दाहाललाई आफूले भेटेको कुरा साँचो भए पनि पार्टी एकताको विषयमा कुनै कुरा नभएको र दाहालको जन्मदिनको बारेमा पनि आफू अनभिज्ञ रहेको बताएका छन् ।

मूलबाटाेसँग कुरा गर्दै बैद्यले भने, “कुरै नभएको र भन्दै नभनेको विषयलाई प्रधानमन्त्रीको सचिवालयले गतल प्रचार ग¥यो र भ्रम छर्न खोज्यो” । उनले भने, “प्रचण्डसँग मेरो पार्टी एकताको विषयमा पनि कुरा भएको छैन र उनलाई मैले जन्मदिनको शुभकामना पनि दिएको छैन । यो सबै नियोजित प्रचार हो । यसको म खण्डन गर्छु” ।

कुपण्डोल कार्यालयको विषयमा बादलसमेतको उपस्थितिमा कुरा गरेर विवादलाई टुंगो लगाउने कुरा भएको पनि वैद्यले बताए ।