ram-bahadur-thapa-badal-fके सोचेको थिएँ पहिले, के भयो अहिले । हुँम् । गोबर सोरेर फूल पूलाउँछु भन्दै पढाई सढाई गोली मारेर आएको, आफैँ गोबरभित्र डुबेर जुनी पो बदलियो त । त्यसैमाथि एकपटक लागेको विद्युतको झट्काले पनि बारम्बार झट्का दिइरहन्छ । हुँम् । आफैतिर आकर्षित गरिरहन्छ । यो करेन्ट भन्ने कुरा पनि खतरनाक नै हुन्दो रहेछ । ‘उडायो सपना सबै हुरीले’ । समबयी दौँतरीले पटक पटक सत्ताको स्वाद राम्रैसँग चाखिरहेका छन् । आफ्नो त त्यो पनि छैन । न त गोबर सोगरेर बगैँचा सफा गर्न पाइयो, न त गोबरमा डुबेर पनि सत्ताको हालीमुहाली गरेर आफ्नो स्तर उठाउन पाइयो । के दिनमा राजनीति गरिएछ । हुँम् । हुँदा हुँदा ऐले त झन् गुमनाम जस्तै पो भैयो त । आखिरमा घुम्दै फिर्दै रुम्जाटार भने झैँ सुप्रिमोकै फेरो समाएर बैतरणी तर्नुपर्ने रहेछ, पहिला सन्किएर नछोडेकै भए त ऐले सरकारी उपको पद त कहिँ नजाँदो रहेछ । के बुद्धि भएहोला त्यतिबेला । बसौँसम्म वादविवाद चल्दा पनि तटस्थ बसेको मान्छे घार फोड्नेबेला उता लाग्ने बुद्धि मलाई किन आ’को होला । आखिरमा फर्केर यतै आउनु पर्ने रैच पैला नछोडेको भए पनि त हुन्थ्यो ।

सुप्रिमोलाई छोड्ने मेरो मन त खासै थिएन । हुँम् । उता बैद्य बा बुढा छन्, युवा र युद्धकालमा फिल्ड सम्हालेका जति उतै लागे, वौद्धिक र इमान्दार कार्यकर्ताहरू पनि उतै लागेको हुनाले उताको सुप्रिमो भएर चकाचौँध गर्न पाइहालिन्छ कि भन्ने लाग्यो र ढिलै भए पनि मुड चेन्ज गरियो, सोचे जस्तो के हुन्थ्यो ?! भएन । आखिरमा सुप्रिमोकै टाङ मुनि छिर्नु प¥यो । सिज अभियानदेखि नै मलाई खड्यन्त्र गरेर सुप्रिमोले पछाडि धकेलेकै हुन् । झन् विद्युतको करेन्ट लागेर बेहोस भएपछि त उनलाई के खोज्छस् काना आँखो भने झैँ भो । मलाई छिड्की हान्ने दाउ खोजेकालाई राम्रो मसला पुगिहाल्यो । उनको टाँग मुनी त चुनवाङमै छिरेको हुँ । एकपटक सुप्रिमोलाई राम्रैसँग स्वाद चखाउँछु म पनि भनेर घार फोडेर हिँडियो । चुनउका बेला घन ठोकेर उनको विरोध पनि गरियो । ‘रअ’का एजेन्ट सेजेन्ट पनि भनियो । लाल गद्दार भन्न पनि बाँकी राखिएन । जे होस् मुखको स्वाद त राम्रैसँग फेरियो । म आफैँ गम्छु, राजनीतिमा लाज सरम भन्ने हुने रैनछ । लाल गद्दार झन् झन् गद्दार हुँदैछन् । प्रभुका टाँग मुनी छिर्दा छिर्दा बानी परेका सुप्रिमो योगबाबाको टाँग मुनी पनि लम्पसारै भएर छिरेका छन् । तर पनि तिनैको टाँग मुनी आपूm छिर्नु प¥या छ । कस्तो अचम्मको हुँदो रहेछ यो संसदवादी राजनीति । लाज सरम क्यै नहुने । हुँम् । ऐले लुथु्रक्क परेर गुमनाम जस्तै भएर बस्नु प¥या छ ।

खुरुखुरु पढेर पिएचडि सिएचडि गरेको भए त प्रोफेसर सोर्फेसर भैइन्थ्यो होला । जीबनभर पेन्सन खाएर जिउन त सजिलो हुन्थ्यो कम से कम । हुँम् । आफैँले राजनीतिको कखरा सिकाएर बामे सराएर पाइटीमा हिँडाको ठिटी समेत सम्माननीय भएर आजिवन राज्यबाट बिशिष्ट सुविधा लिएर बस्ने भइन् । आपूm भने माननीयसम्मको पगरी गुथ्न पाइएन । हुँम् । आफ्नै जातको भनेर आफैँले टुपीबाट तानेर पाइटीमा माथि पु¥याएका ठिटाले पनि टेर्न छोडे । पानी नपाएर खडेरीले धाँजा फाटेको बर्खे खेत झैँ गुटैगुटले कालकुट भएको पाइटीको सङ्गठन प्रमुखको घाँडो भिरेर बस्नु प¥या छ । हुनु न खानुको जिम्मेवारी । कसैले पनि टेर्दैन । सबैले आआफ्नै गुट बनाएर गोठ चला’छन् । सत्ताको स्वाद चाखेकाहरूले कार्को चुनाउका लागि खर्चपर्च जुटाउने मेसो भेटा’का छन् । एउटै पाइटीमा दल नेताले संसदमा विधेयक ल्याउँछन्, उपनेता विरोध गर्दै जुलुसमा भाषण गर्छन् । यसे छ चाला । पंडित बाजेका घरका गाई जस्ता नेता कार्यकर्तालाई सङ्गठन विभागले के लछारपाटो लाउनु । यो सम्झिँदा त ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ’ भन्ने गीतको सम्झना आउँछ । हुँम् । के गर्ने ? बेलामा बुद्धिको विर्को लागेपछि यस्तै हुँदो रैछ । हुँम् । गोबरमा जन्मेको किरा गोबरमै गुटुमुटु ।
१९ मङ्सिर २०७३

प्रतिक्रिया

सम्बन्धित खवर