अमेरिकाको हवाईमा ३ फिटसम्म हिउँ जम्यो

अमेरिकाको हवाईमा ३ फिटसम्म हिउँ जम्यो

haweiiएजेन्सी– अमेरिकाको हवाई राज्यका विभिन्न क्षेत्रमा व्यापक हिमपात भएपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

सो राज्यमा ३ फिटसम्म हिउँ परेपछि अध्याधिक चिसो बढ्ने भन्दै सर्वसाधारण सचेत रहन आग्रह गरिएको छ ।

मौसम विज्ञहरुले यो हिमपात अनपेक्षित नभएपनि कम उचाई भएको स्थानमा समेत हिउँ पर्ने दुर्लभ घटनामध्ये एक भएको जनाएका छन् । 

हवाई राज्यका दुई वटा टापुका उच्च शिखरहरु मौना कि र मौना लोआमा भीषण हिमपात भएको हो । हवाई राज्यका अन्य क्षेत्रमा पनि व्यापक मात्रमा हिमपात भएको छ ।

मौसमविद माट फोस्टरले मौना कि र मौना लोआ दुवै १४ हजार फिट (४,२६५ मि.) अग्ला शिखर वर्षमा पाँच देखि ६ पटक सम्म हिमपात हुने र दुई तीन फिट अग्लो हिउँ जम्ने गरेको उल्लेख गरेका छन् ।

ती दुवै हिमालमा जाडो मौसममा हिमपात नहुने घटना विरलैमात्र हुने गर्दछ ।