डोभाल र पाकिस्तानी प्रधानमन्त्रीका विदेश सल्लाहकार अजिजबीच भेट

डोभाल र पाकिस्तानी प्रधानमन्त्रीका विदेश सल्लाहकार अजिजबीच भेट

dovalएजेन्सी । भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ । 

भारत र पाकिस्तानबीच पछिल्लो समयमा चुलिएको विवादपछि दुई देशका उच्च अधिकारीबीच भेट भएको यो पहिलो अवसर हो ।

भारत–पाक तनावपूर्ण सम्बन्ध र जम्मु काश्मीरमा भइरहेको दोहोरो गोलाबारीको पृष्ठभूमिमा दुई अधिकारीबीच छलफल भएको हो ।

पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अजिज हार्ट अफ एसिया सम्मेलनमा सहभागी हुनका लागि भारत आएका हुन् ।

डोभालसँगको भेटअघि पाँच देशका विदेशमन्त्रीसँग भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ता गरेका थिए । हार्ट अफ एसिया सम्मेलनकै क्रममा दुई अधिकारीबीच छलफल भएपनि उनीहरुबीच कुन विषयमा छलफल भयो भन्ने बारेमा केही खुलाइएको छैन ।