संसदवादी पार्टी र विप्लव माओवादी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश

संसदवादी पार्टी र विप्लव माओवादी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश

15267937_1529383440411932_7668958969090054673_n

काठमाडौं । कांग्रेस, एमाले, माओवादी केन्द्र, मसाल (जनमोर्चा) र विप्लव माओवादी परित्याग गरी मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गर्नेको लहर नै चलेको छ । आइतबार विप्लव नेतृत्वको नेकपा (माओवादी)का ५० भन्दा बढी पर्यटन मजदुरहरु र पर्यटन व्यवसायीहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । शनिबार अध्यक्ष बैद्यको प्रमुख आथित्यतामा प्यूठानमा भएको एक कार्यक्रममा १ सय ५ जना क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।

प्राप्त जानकारी अनुसार विप्लव माओवादी निकट देवी बहादुर गौलीको नेतृत्वमा रहेको अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर र तोरणबहादुर गुरुङ नेतृत्वका पर्यटन व्यवसायीहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । आइतबार क्रान्तिकारी माओवादी निकट पर्यटन मजदुर संघका संयोजक रामबहादुर बस्नेत र विप्लव माओवादी निकट पर्यटन मजदुर संघका संयोजक देवीबहादुर गौलीले संयुक्त रुपमा विज्ञप्ती जारी गरी दुवै संगठन एक भएको र क्रान्तिकारी माओवादीमा समाहित भएको घोषणा गरेका छन् ।

majdur-f

क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मा, केन्द्रीय सदस्य तथा अखिल नेपाल ट्रेड यूनियन महासंघका संयोजक इश्वर तिमिल्सिनाको उपस्थितिमा उनीहरुले क्रान्तिकारी माओवादीमा प्रवेश गरेको घोषणा गरेका थिए । उनीहरुले संयुक्त रुपमा निकालेको विज्ञप्तीमा भनिएको छ, “विप्लव नेतृत्वको नेकपा (माओवादी)सँग सम्बन्ध विच्छेद गरी किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र त्यसको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघमा आवद्ध रहेको अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघमा एकताबद्ध हुने संकल्प गरेका छौं ।” यता गुरुङले पनि आइतबार नै एक विज्ञप्ती जारी गरी आफू नेतृत्वका सम्पूर्ण व्यावसायीहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेको जनाएका छन् ।

final-ffinal-p

प्यूठानमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल)लगायत पार्टी परित्याग गरेर क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेहरुमा हिम बहादुर केसी, गोरबहादुर केसी, गोविन्द केसी, लक्ष्मण केसी, सिताराम केसी, सुदन केसी, भरत भट्टराई, शिवबहादुर विक, पदम गिरी, केशव केसी, भोजेन्द्र केसी, दिनु गिरी, गिरबहादुर केसी, ज्ञानबहादुर केसी, राजेन्द्र केसी, कमल बहादुर केसी, विष्णु केसी, लालबहादुर केसी, सानु विक, लक्ष्मी केसी, अमृता केसी, सन्तोष केसी, साजन केसी, सरोज केसी, पार्वता केसी, विजय केसी, कमला केसी, गिरबहादुर भण्डारी, तुलसा भट्टराई, लक्ष्मी भण्डारी, हिरा भट्टराई, जीवन भट्टराई, वामदेव केसी, वालिका केसी, सारदा केसी, विष्णु पोखरेल, मिना केसी, केशव खड्का, सरस्वती केसी, सरद विष्ट, गुरुदेव विष्ट, शर्मिला केसी, पार्वता केसी, कृष्ण केसी, सिताराम केसी, सिद्धार्थ केसी, बसन्त केसी, रन्जित विक, निर्मला अधिकारी, शंकर थापा, रेशम नेपाली, गोपाल विक, विष्णु गिरी, रिचमान विक, नरेन्द्र विक, कुलबहादुर थापा, रामबहादुर थापा, तुलाराम खड्का, अनिता थापा, बलबहादुर खड्का, कमला थापा, शान्ता थापा, मिना गुरुङ, लिला गुरुङ, पम्फा खड्का, नारायणी गुरुङ, सरस्वती थापा, भीमा थापा, गीता नेपाली, मधु खड्का, खुमबहादुर नेपाली, विना नेपाली, विष्णु गुरुङ, लम्मी परियार, रामबहादुर नेपाली, विष्णु विक, कृष्णबहादुर केसी, सागर भट्टराई, नरेश जिसी, हेमन्त केसीलगायत रहेका छन् ।