क्यास्ट्रोलाई ‘साम्राज्यवादविरोधी देशभक्त राजनीतिक योद्धा’ भन्दै क्रान्तिकारी माओवादीले दियो श्रद्धाञ्जली

क्यास्ट्रोलाई ‘साम्राज्यवादविरोधी देशभक्त राजनीतिक योद्धा’ भन्दै क्रान्तिकारी माओवादीले दियो श्रद्धाञ्जली

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार एक विज्ञप्ती जारी गर्दै क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोलाई साम्राज्यवादविरोधी एक देशभक्त राजनीतिक योद्धाको रुपमा सम्मान गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

fidelपार्टीका अध्यक्ष मोहन वैद्यद्वारा हस्ताक्षरित श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “२६ नोवेम्बर २०१६ मा क्युबाका पूर्व राष्ट्रपति तथा एक देशभक्त राजनीतिक योद्धा फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । उनको नेतृत्वमा क्युबाको पुरानो सकारलाई पल्टाएर नयाँ सरकार बनाइएको थियो ।

उनलाई सन्ताच्यूत गर्न अमेरिकी साम्राज्यवादद्वारा धेरै असफल प्रयत्न गरियो । उनी साम्राज्यवादको विरोध र देशभक्तिको पक्षमा सशक्त रुपमा उभिए । उनको निधनवाट क्युबा मात्र होइन विश्वले समेत एउटा सच्चा देशभक्त मित्र गुमाएको अनुभूति भएको छ । यस दुःखद अवसरमा हाम्रो पार्टी सामान्तवाद विरोधी एक देशभक्त योद्धा तथा मित्रप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोक सन्तप्त क्युबाली जनताप्रति हार्दिक समवेदना समेत व्यक्त गर्दछ ।”