विश्वले एक सच्चा देशभक्त मित्र गुमाएको छ : किरण

विश्वले एक सच्चा देशभक्त मित्र गुमाएको छ : किरण

mohan-kiranकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले क्युबाली पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनमा गहिरो दुःख प्रकट गरेका छन् ।

आज एक शोक वक्तव्य जारी गर्दै उनले उनको निधनले क्युबाले मात्र नभई विश्वले एक सच्चा देशभक्त मित्र गुमाएको उल्लेख गरेका छन् । 

‘क्यास्ट्रोको नेतृत्वमा क्युबाको पुरानो सरकारलाई पल्टाएर नयाँ सरकार बनाइएको थियो । उनलाई सत्ताच्यूत गर्न अमेरिकी साम्राज्यवादद्वारा धेरै असफल प्रयत्न गरियो । उनी साम्राज्यवादको विरोध र देशभक्तिको पक्षमा सशक्त रुपमा उभिए ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनको निधनवाट क्युबाले मात्र होइन विश्वले समेत एउटा सच्चा देशभक्त मित्र गुमाएको अनुभूति भएको छ ।’

अध्यक्ष किरणले क्यास्ट्रोको निधनको दुःखद अवसरमा श्रद्धान्जलि व्यक्त गर्दै शोक सन्तप्त क्युबाली जनताप्रति समवेदन व्यक्त गरेका छन् ।