पत्रकार कर्ण बोहराको अत्येष्टि आर्यघाटमा

पत्रकार कर्ण बोहराको अत्येष्टि आर्यघाटमा

karna_bohara-fकाठमाडौँ । पत्रकार कर्ण बोहराको आइतबार साँझ पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । शुक्रबार मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएका बोहराको अन्त्येष्टि गरिएको हो ।
किड्नीकी रोगी श्रीमती ममता बोहरालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराइरहेका बोहराको कुरुवा रहेको अवस्थामा अचानक निधन हुन पुगेको हो ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बोहराको पार्थिव शरीरमा महासङ्घको लोगो अङ्कित झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरे ।
अन्त्येष्टि कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, सांसद प्रेम आलेलगायत संचार संस्था सँग सम्बन्धित पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बोहराको पार्थिव शरीरमा उनका दाजु जयलाल बोहराले दागबत्ती दिए । २०३५ असार २२ गते बझाङको स्याँडी गाविस–६ मा जन्मिनुभएका बोहरा नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाको २०६८ देखि २०७१ सम्म अध्यक्ष रहेका थिए ।
बोहरा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने ‘पश्चिम नेपाल’ दैनिकका प्रकाशक तथा ‘रेडियो पश्चिम नेपाल एफएम’का सञ्चालकका साथै न्यूजट्वान्टीफोर टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुखसमेत रहेका थिए ।