काठमाडौं । सोमबार विहानै रामछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ । भूकम्पको धक्का पूर्वी र मध्यनेपालमा महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको कडा धक्काका कारण सर्वसाधारण घरबाहिर निस्केका थिए ।