काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले आइतबारदेखि १० औं पटक अनशन थालेका छन् ।
स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै लामो समयदेखि एक्लै संघर्ष गर्दै आएका केसीले दशौं अनसन थालेका हुन् । डाक्टर केसीले पछिल्लो पटक चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा कनिष्ट ब्यक्तिलाई डीन नियुक्त गरेको विरोधमा आमरण अनसन शुरु गरेका हुन् ।
विभिन्न माग राख्दै आएका डा केसीले नौ महिनादेखि रिक्त डीन नियुक्त गर्न सरकारलाई आइतबार २ बजेसम्मको अल्टिमेटम दिएका थिए । आइतबार मात्रै त्रिवि उपकुलपति कार्यालयले प्राडा केशवप्रसाद सिंहलाई आइतबार नै डीन नियुक्त गरेपनि वरिष्ठता उलंघन गरिएको भन्दै केसीले अनसन थालेका हुन् । उनले त्रिवि उपकुलपति तीर्थ खनियालार्इ कारबाही गर्न समेत माग गरेका छन् ।
वरिष्ठताका आधारमा तत्काल आइओएममा डीन नियुक्त गर्नुपर्ने तथा त्रिवि उपकुलपति तीर्थ खनियाँले नियुक्तिमा चलखेल गरेको भन्दै उनलाई पनि बर्खास्त गर्न माग गरेका छन् ।
यसअघि नवौं अनसनका क्रममा डा.केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नै भ्रष्टाचारी भएको दाबी गर्दै लोकमानसिंह कार्कीमाथि महाभियोग लगाएर बर्खास्त गर्न माग गरेका थिए । डा.केसीको मागमा आम नागरिकले पनि दबाब दिएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले कार्कीविरुद्ध ब्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्वावमाथि संसदमा छलफल चलिरहेको छ ।
कार्कीविरुद्धको महाभियोगप्रस्ताव सम्बन्धि माग केसीले अहिले पनि दोहो¥याएका छन् । दशौं अनसनका क्रममा केसीले राकेको नौ सूत्रीय मागमा कार्कीमाथि महाभियोग प्रक्रिया निस्कर्षमा पु¥याएर उनलाई जवाफदेही बनाउनुपर्ने उल्लेख गरेका छन् ।