एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले भुलबस यसका निर्माता मार्क जुकरवर्गसहित २० लाख जीवित व्यक्तिलाई श्रद्धान्जलि दिएको छ ।
पछि यसलाई भयानक त्रुटी भन्दै सच्याएको छ । फेसबुकका प्रवक्ताले भनेका छन्, ‘केही समय श्रद्धान्जलिको आशय भएको सन्देश केही व्यक्तिको फेसबुक एकाउन्टमा पोस्ट भएको थियो, यो एक ठूलो गल्ती थियो, जसलाई हामीले सच्याएका छौं ।
फेसबुकबाट यसप्रकारण सन्देश करिब २० लाखलाई पुगेको जनाइएको छ । सर्च इन्जिन ल्याण्डका एडिटर ड्यानी सुलिवानले ट्विटरमा लेखेका छन्, ‘उफ फेसबुकमा मैले आफैलाई जीवित देखाउनका लागि फेसबुक लाईभको प्रयोग गर्नुपरेको थियो ।’
यतिमात्रै नभएर फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरवर्गलाई समेत श्रद्धान्जलिसहितको सन्देश फेसबुक वालमा पोस्ट भएको थियो ।
गल्तीले पोस्ट भएको श्रद्धान्जलिवाला सन्देशमा एउटा लिंक शेयर भएको थियो । जसमा फेसबुकमा अन्य मानिसले प्रोफाइलमा हालेर मृतक व्यक्तिलाई अनलाइन श्रद्धान्जलि दिन सकिन्छ ।