संसदमा लोकमानविरुद्धको महाअभियोगबारे छलफल, मोर्चाले बहिस्कार गर्ने

संसदमा लोकमानविरुद्धको महाअभियोगबारे छलफल, मोर्चाले बहिस्कार गर्ने

nepal-parliament-protest BICCकाठमाडौं । व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा बिहीबारदेखि छलफल हुँदैछ ।

करिब दुई साताको स्थगनपछि बोलाइएको बैठकमा कार्कीमाथिको महाअभियोगको प्रस्तावमा छलफल हुने कार्यसूची रहेको छ ।

उक्त छलफल सकिएपछि संसदले कार्कीविरुद्धका आरोपबारे अनुसन्धान तहकिकातको जिम्मेवारी महाअभियोग सिफारिस समितिलाई दिनेछ ।

समितिले काम सुरु गरेको सात दिनभित्र आरोपिलाई सफाइको मौकासमेत दिई एक महिनाभित्र संदनमा प्रतिवेदन पेस गर्नुपर्छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले गत कात्तिक ३ गते कार्की बिरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

यसैबीच कार्कीविरुद्धको महाअभियोगबारे छलफल गर्न बोलाइएको बैठक मधेसी मोर्चाले भने बहिस्कार गर्ने तयारी गरेको छ ।