शपथमा गडबडी गर्ने हङकङका दुई सांसद चीनद्वारा प्रतिबन्धित

शपथमा गडबडी गर्ने हङकङका दुई सांसद चीनद्वारा प्रतिबन्धित

hongkongएजेन्सी । चीनले हङकङका दुई सांसदलाई कार्यभार संहाल्न रोक लगाएको छ ।

हङकङको राजनीतिमा सिधा हस्तक्षेप गर्दै स्वतन्त्रता समर्थक सांसद सिक्टस लेउङग र वाई–चिंगले शपथ लिने समयमा एक साथ निष्ठा राख्ने वाक्य उच्चारण गर्न अस्वीकार गरेका थिए ।

चीनले हङकङको कानुनको व्यख्या गर्दै कुनैपनि प्रतिनिधिले सही तरिकाले शपथ लिदैनन उसलाई कार्यभार सम्हाल्न नदिने जनाएको छ । लामो राजनीतिक उथलपुथलकाबीच चीनले यो कदम चालेको हो । हङकङमा विरोध प्रदर्शन जारी छ ।

आइतबारराति समेत केही स्थानमा भएको प्रदर्शनका क्रममा चार जना पक्राउ परेका छन् । सन् १९९७ पनि चीनले हङकङमा गरेको यो सबैभन्दा आक्रामक हस्तक्षेप भएको बताइएको छ । चीनले कानुनी अधिकारअनुसार नै यो कदम चालेको स्पष्ट पारेको छ ।

कार्यभार सम्हाल्न रोक लगाइएका दुवै सांसद योंग स्पाइरेशन पाटीका हुन् । यस पार्टीले सन्. २०१४ हङकङमा चीनको अधिकार अन्त्य हुनुपर्ने माग राख्दै लोकतनत्रको समर्थनमा व्यापक आन्दोलन चलाएको थियो ।

यसै वर्षको सुरुमा भएको निर्वाचनमा सो पार्टीले जित हात पारेको थियो । उनीहरुलाई सही तरिकाले शपथ गराउँन कोशिस गरिएपनि अर्कै शब्द उच्चारण गर्नुका साथै स्वतन्त्रताको समर्थनमा ब्यानरसमेत टाँगेपछि शपथलाई नै अमान्य घोषित गरिएको हो ।