बेलायतले भन्यो, ‘भारतीयलाई यो भन्दा छुट हुन्न’

बेलायतले भन्यो, ‘भारतीयलाई यो भन्दा छुट हुन्न’

theresa-mayएजेन्सी । भारत भ्रमणमा आएकी बेलायती प्रधानमन्त्री थेरेसा मेले भारतीय नागरिकलाई प्रवेशाज्ञा (भिसा) प्रक्रियामा बेलायतले दिँदै आएको छुटमाथि थप सुविधा प्रदान नगरिने प्रष्ट पारेकी छन् ।

बेलायतमा भिषा दिने आफ्नै प्रणाली रहेको र त्यो प्रष्ट रहेको उल्लेख गर्दै त्यसमा थप सुविधा दिने कुरालाई अस्वीकार गरेकी हुन् । उनले भनेकी छन्, ‘भारतबाट आउने १० आवेदनमध्ये ९ वटा स्वीकार हुने गरेका छन् । अब यो भन्दा माथि केही गर्न सकिन्न ।’

बेलायत युरोपेली संघबाट बाहिर निस्कने निर्णयपछि पहिलो भारत भ्रमणमा आएकी उनले भारतसँग व्यापारिक सम्झौता गर्ने जनाइएको छ । उनले बेलायत पहिलेजस्तै युरोपेली संघदेखि बाहिरका राम्रा मान्छेहरुलाई आकर्षित गर्न सक्षम रहेको जनाएकी छन् ।

उनले भारतीय व्यापारीलाई बेलायतका व्यापारिक प्रयोजनका लागि जान सहज वातावरण सिर्जना गर्ने प्रतिबद्धता पनि जनाएकी छन् । उनले बेलायतमा हजारौं भारतीय कामदार भिसाामा रहेको र उनीहरुको भिषा पर्यटक भिषामा परिणत गर्न पनि सकिने बताइन् । उनले ईयू छाडेपछि बेलायतले संसारमै लगानी तथा व्यापारका लागि आकर्षक देश बन्न चाहेको उल्लेख गरेकी छन् ।