
काठमाडौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको पहिलो खेलमा नेपाल तुलनात्मक रुपमा कमजोर मानिएको टिमोर लिस्टेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
विराज महर्जनको कप्तानीमा मैदानमा उत्रिएको नेपालले गोलका लागि थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको टिमोर लिस्टेविरुद्ध गोलका केही अवसर सिर्जना गरेपनि सफल हुन सकेन ।
विश्व फुटबल महासंघ (फिफा) को वरीयताक्रममा नेपाल र टिमोर लेस्टे संयुक्त रुपमा १८६औं स्थानमा छन् ।
समूह ‘ए’मा तीन टोलीमात्र रहेका कारण नेपाल टिमोर लेस्टेलाई हराएको भए सेमिफाइनलमा पुग्ने थियो । अब मंगलबार हुने नेपाल र ब्रुनाईबीचको खेलबाट सेमिफाइनल पुग्ने गोलीको टुंगो लाग्नेछ ।
सो खेलमा नेपाल ३–० गोल अन्तरमा पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ ।