pranab-mukharjeeपोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आन्दोलन नगर्न गोरखा सैनिकहरुलाई आग्रह गरेका छन् । नेपाली भारतीय भूतपूर्व गोर्खा सैनिकलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले भूपू गोरखा सैनिकहरुलाई भेट्न पाउँदा खुशी लागेको बताए । पछिल्लो २०० वर्षदेखि गोर्खा वीर भारतमा सेवा गरिरहेको बताउँदै भारतीय राष्ट्रपति मुखर्जीले गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता तथा कर्तव्य निष्ठाका साथ सेवा गरेको स्मरण गरे ।

भारतमा ३२ हजार गोर्खा सैनिक सेवारत रहेको र अरु लगभग एक लाख २६ हजार पूर्वसैनिक र तिनका आश्रित नेपालमा पेन्सनको लाभ लिएको उनले बताए । पूर्वगोर्खा सैनिकले भारतको सीमा रक्षाका लागि दृढता र साहसका साथ काम गरेको चर्चा गरे । उनले भूतपूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ भएको बताए ।

नेपाल भारत सम्बन्ध आगामी दिनमा अझै मजबुत बनाउनुपर्नेमा उनले जोड दिए । पछिल्लो वर्षमा नेपालमा आएको विनाशकारी भूकम्पका कारण नेपाल तथा नेपाली जनताले जीवन तथा सम्पत्तिको दुर्भाग्यपूर्ण क्षति बेहोर्नु परेकोप्रति उनले दुख ब्यक्त गरे ।

भारत सरकार गत वर्षको विनाशकारी भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि पूर्णरुपमा वचनबद्ध रहेको र यसका लागि नेपाल सरकारका साथमा काम गरिरहेको बताउँदै उहाँले भूकम्प प्रभावित छ हजार ८३२ पूर्वसैनिकको सहायताका लागि प्रति पेन्सनर रु ३२ हजार वितरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर