मौरिन्हो र हरेरा मैदानबाहिर भएको खेलमा युनाइटेड रोकियो, सिटीको प्रभावशाली जित

मौरिन्हो र हरेरा मैदानबाहिर भएको खेलमा युनाइटेड रोकियो, सिटीको प्रभावशाली जित

unitedकाठमाडौं । प्रशिक्षक जोजे माउरिन्हो र डिमफिल्डर हरेरालाई मैदान बाहिर पठाइएको खेलमा म्यनचेष्टर युनाइटेड नवप्रवेशी बर्नलीसँग बराबरीमा उक्लिएको छ ।

प्रिमियर लिगका पछिल्ला खेलमा खराब प्रदर्शन गरिरहेको युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा बर्नलीसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँग ८ अंकले पछि परेको छ ।

युनाईटेडका हरेर ६८ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसअघि पहिलो हाफमा नै प्रशिक्षक माउरिन्हो दण्डित भएका थिए ।

रेफ्रीले पहिलो हाफमा पेनाल्टी अपील अस्वीकार गरेपछि उनी आक्रोशित बनेका थिए । उनले त्यसपछि दर्शकसँग बसेर खेल हेरेका थिए ।

प्रिमियर लिग अन्तर्गत शनिबारराति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई ४–० ले हरायो । सिटीको जितमा सर्जियो अग्युरो र इल्के गनडोगनले दुई–दुई गोल गरे ।

यसैगरी टोटनह्याम पनि लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकियो भने मिडल्सबर्गले बोर्नमाउथलाई २–० तथा वाट्फोर्डले हल सिटीलाई १–० ले हरायो ।

यसैगरी गएरातिकै खेलमा आर्सनलले सन्डरल्याण्डलाई ४–१ ले हराउँदै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको छ । आर्सनलका लागि एलेक्स सान्चेज र ओलिभर जिरउडले दुई दुई गोल गरे ।

सन्डरल्याण्डका लागि जर्मेन डिफोले एक गोल फर्काए । जितपछि आर्सनलको १० खेलबाट २३ अंक भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटी समान अंक भएपनि आर्सनल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति भएको अर्को खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–२ ले हरायो । लिभरपुलको जितमा एमरी क्यान, डिजेन लोभरेन, जोएल म्याटिप र रोबर्टो फिरमिनोले एक–एक गोल गरे ।

क्रिष्टल प्यालेसका जेम्स म्याकअथरले दुई गोल गरे । जितपछि १० खेलबाट २३ अंक जोडेको लिभरपुल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।