सल्यान । नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चाको सल्यान जिल्ला समिति गठन भएको छ ।
सदरमुकाम खलंगामा आयोजित जिल्ला भेलाले यज्ञराज ओलीलाई पार्टीकाृ जिल्ला सचिवमा चयन गरेको छ ।
यसैगरी उनको नेतृत्वमा गठन गरिएको जिल्ला समितिका अन्य सदस्यहरुमा चक्रबहादुर शाह, राजेन्द्र शाह, लक्ष्मी शाही, उर्दबहादुर ओली, ध्रुब ओली, धनराज खड्का, डिल्ली ओली, लोकेन्द्र ओली, डम्बर विक र रणविजय खड्कासहित २१ सदस्य रहेका छन् ।
यसैगरी राजेन्द्र शाहको अध्यक्षतामा १७ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चाको जिल्ला समिति पनि निर्माण भएको छ । जसका सदस्यहरुमा उर्दबहादुर ओली, लक्ष्मी शाही, नविना खड्का, विनिता ओली, अनिल ओली, लिलाराज शाह, निर्मला खड्का, कमला मल्ल, धर्मराज बस्नेत, बलबहादुर खड्का, छिताराम केसी, प्रेमबहादुर सुनार, पदमबहादुर गिरी, धर्मदेवी शाह, लक्ष्मण पुन र जीवन ओली रहेका छन् ।
यस्तै जिल्ला भेलाले अखिल (क्रन्तिकारी) को जिल्ला अध्यक्षमा धर्मराज खड्का र सचिवमा डिल्ली ओलीलाई चयन गरेको छ भने युवाको जिम्मा डम्बर विक र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को जिम्मा लक्ष्मी शाहीलाई दिएको छ ।
भेलाले जिल्लाभर पार्टीलाई विस्तार गर्ने तथा पार्टी केन्द्रले सञ्चालन गर्दै आएको शुभेच्छुकसँग स्वेच्छिक रुपमा १ हजार रुपैयाँ सहयोग लिने कार्यक्रममा दृढतापूर्वक लाग्ने निर्णय पनि गरेको पार्टी केन्द्रीय सदस्य कुमार शाहले जानकारी दिए ।































