एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनमा यात्रुवहाक रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने अन्य ३ सय भन्दा बढी घाइते भएका छन् ।
क्यामरुनको याउँडे तथा डूआला शहरबीच गुिडरहेको रेलको दशवटा डिव्वा लिकबाट बाहिरिदा सो दुर्घटना भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा घाइते भएका कतिपय यात्रुका हातखुट्टा छिनेका छन् ।
भारी वर्षका कारण दुई सहरबीचको सडकका विभिन्न भागका क्षति पुगेपछि रेलमा ८ डिब्बा थप गरिएको थियो ।
सो रेलमा करिब १३ सय यात्रु रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएकालाई सेनाको सहयोगमा अर्को बाटो भएर अस्पताल लगिएको छ ।