एजेन्सी । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा) ले टेलिभिजन र रेडियोमा प्रशारित हुने भारतीय सामग्रीमा प्रतिबन्ध लागेको छ ।
पेमराले शुक्रबार तीन बजेदेखि पाकिस्तानमा टिभी र सिरियलसँग जोडिएका प्रशारण गर्न रोक लगाइएको हो ।
यो प्रतिबन्धको उल्लंघन गर्ने केबल टेलिभिजन वा रेडियो विरुद्ध कानुनी कारबाही गरिने पेमराले जनाएको छ ।
पाकिस्तानमा भारतीय सिरियल र बलिवुड चलचित्रका विभिन्न सामग्री स्थानीय टेलिभिजन तथा रेडियोबाट प्रशारण हुने गरेको छ ।
पछिल्लो समय काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबिच तनावपूर्ण अवस्था रहेको छ । यसको असर कला तथा सञ्चार क्षेत्रमा समेत पर्दै आएको छ ।