लोकमान विरुद्ध डा.केसीका समर्थकले प्रदर्शन गर्दैै

लोकमान विरुद्ध डा.केसीका समर्थकले प्रदर्शन गर्दैै

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीका समर्थकले लोकमान सिंह कार्कीलाई हटाउन माग गर्दै प्रदर्शनको तयारी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा डा.केसीका समर्थकले कारबाहीको माग गर्दै ¥याली निकाल्न लागेका हुन् ।

‘अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्ने नारासहित बिहान ११ बजे काठमाडौंको माइतीघरदेखि निकालिने ¥याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत हुने आयोजक सोलिड्यारिटि फर डा. गोविन्द केसी अलायन्सले जनाएको छ ।

अलायन्सले स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै आएका डा.केसीको समर्थन गर्दै आएको छ । डा. केसीले अख्तियार प्रमुख आयुक्त कार्की विरुद्ध महाअभियोग लगाउनुपर्ने माग गर्दै अनशन नै बसेका थिए ।