अब कक्षा १० मा सेकेन्डरी एजुकेशन सर्टिफिकेट, १२ मा एसएलसी

काठमाडौं । अब कक्षा १० को अन्तिम परीक्षालाई सेकेन्डरी एजुकेशन सर्टिफिकेट (एसईसी) र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गरिने भएको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रुपमा परिभाषित गर्ने भनी सरोकारवालसँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बोलाएको बैठकमा यस्तो सहमति बनेको मन्त्रालय स्रोतले जानकारी दियो ।
बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा ( सेकेन्डरी एजुकेसन सर्टि्फिकेट) अर्थात् एसईसी सञ्चालन गर्ने निर्णय गरेको छ भने कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट) अर्थात् एसएलसी सञ्चालन गर्नेमा सहमति जुटेको छ ।