काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न गएका नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
अष्ट्रेलियाको पश्चिम पर्थमा उच्च शिक्षा अध्ययन गरिरहेका काठमाडौंको नरदेवी घर भएका विराटमान ताम्राकारको मृत्यु भएको हो ।
बिहीबार विहान काममा जाने क्रममा उनी एक्कासी सडकमा ढलेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । पर्थमा रहेको इडिथ कोवान युनिभर्सिटीमा इन्जिनियरिङ बिषय अध्ययन गरिरहेका ताम्राकार करिब डेढ बर्षअघि अष्ट्रेलिया गएका थिए ।
उनीसँगै बस्ने डिल्ली पराजुलीकाअनुसार ताम्राकार स्थानीय एक कम्पनीमा कार्यरत थिए । परिवारका एक्ला छोरा ताम्राकार आफ्नो अध्ययनको अन्तिम बर्षमा थिए । उनको शवलाई परिवारको आग्रह अनुसार नेपाल ल्ःयाउने तयारी थालिएको छ ।