एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले स्तन क्यान्सरसम्बन्धि जनचेतनामुलक भिडियो हटाएकोमा माफी मागेको छ ।
एक स्वीडिस समूहले पोस्ट गरेको जनचेतनामुलक भिडियो फेसबुकले गलत तरिकाले खिचिएको भन्दै हटाएको थियो ।
स्वीडिस समूह क्यान्सरफोन्डेनले पोस्ट गरेको भिडियोमा एनिमेसन गरिएको महिलाको तस्बिर गुवाली रंगको घेरा गरिएको स्तनसहित देखाइएको थियो ।
फेसबुकले भिडियोमा प्रयोग भएको महिलाको एनिमेटेड तस्बिर अपमानजन भएको भन्दै भिडियो हटाएको थियो । फेसबुकले भिडियो हटाउने निर्णय फिर्ता लिनुअघि क्यान्सरफोन्डेनले खुला पत्र लेखेर आफ्नो अभियान कसैलाई अपमान गर्नका लागि नभएको बताएको थियो ।
तर, फेसबुकले सो भिडियो हटाएको थियो । फेसबुकका प्रवक्ताले भुलबस भिडियो हटाएको बताएका छन् । हरेक दिन विज्ञापनमा प्रयोग भएका दशौं लाख तस्बिरको छानबिन गर्नु पर्ने भएकाले भुलबस भिडियो हटाउन पुगेको उनको भनाई छ । त्यसका लागि उनले माफी समेत मागेका छन् ।