पहाडीया अहंकारवाद र वाह्य औपनिवेशिकरण प्रमुख दुश्मन : वैद्य

पहाडीया अहंकारवाद र वाह्य औपनिवेशिकरण प्रमुख दुश्मन : वैद्य

kiran-com४ कात्तिक, २०७३ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले पहाडीया खस आर्य अहंकारवाद(ब्रम्हाणवाद) र वाह्य औपनिवेशीकरण नै नेपालका आदिवासी जनजातिहरुका प्रमुख दुश्मन भएको बताएका छन् । बिहीबार पार्टी कार्यालय बुद्धनगरमा अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले यस्तो बताएका हुन् ।

“पहाडीया खस आर्य अहंकारवाद (व्राम्हणवाद) र वाह्य औपनिवेशीकरण नै आदिवासी जनजातिहरुका मुख्य दुश्मन हो ।” उनले भने, “जातीय आत्मनिर्णयको अधिकार प्राप्ति नै जातीय मुक्तिको मुख्य विन्दू हो ।”

बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष बैद्यले भने, “सबै वर्ग र जातिको मुक्तिपछि मात्र जनवादी क्रान्ति सम्पन्न भएको मानिन्छ । त्यसका लागि स्वतन्त्र पहिचानसहितको आन्दोलन अहिलेको आवश्यकता  हो।”

मंसिर २५–२६ मा आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला

सम्पन्न अखिल नेपाल आदिवासी जनजाति महासंघको बैठकले महासंघको राष्ट्रिय भेला मंसिरको २५–२६ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । भेलाका लागि बैठकले “प्रतिगामी संविधान खारेज गरौं ! उत्पीडित जातिको पहिचानसहितको संघीय जनगणतान्त्रिक संविधानका लागि संघर्ष गरौं !” भन्ने मूल नारा तय गरेको छ । देशैभरिबाट चारसयभन्दा बढीको संख्यामा प्रतिनिधिहरु भेलामा सहभागी गराउने निर्णय गरेको महासंघको बैठकले भेलालाई भव्य रुपमा सम्पन्न गराउन व्यवस्थापन, आर्थिक, प्रचारप्रसार, प्रतिवेदन लेखन, स्वयम्सेवकलगायतका विभागहरु गठन गरी नेताहरुको कार्यविभाजन समेत गरेको छ । a