१ कात्तिक, २०७३ । दशै सकिएलगत्तै वाणिज्य बैंकहरुले दुई प्रतिशतसम्म कर्जाको व्याजदर बढाएका छन् । दसैंअघि उनीहरुले मुद्दती निक्षेपको ब्याज बढाएका थिए । निक्षेपको ब्याज बढेपछि पुँजीकोष लागत बढेकाले कर्जाको ब्याज पनि बढाउनु परेको उनीहरुले बताएका छन् । दसैं बिदापछि कार्यालय खुलेकै दिन बैंकहरूले ऋणीलाई फोनमार्फत् कर्जाको ब्याज कात्तिक १ देखि बढ्ने जानकारी दिएका छन् ।
बैंक कर्जामा व्याजदर बढेपछि बजार उद्योगी व्यवसायीहरुको भने गुनासो बढेको छ । माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुनु स्वाभाविक भए पनि एकैपटक सबै बैंकहरूले समान दरमा ब्याजदर बढाउनु अस्वाभाविक भएको उद्योगी व्यवसायीको गुनासो छ । उनीहरूका अनुसार अहिले बैंकहरूले अल्पकालीन प्रकृतिका आवधिक कर्जा (टीआर) को ब्याजदर १ देखि २ प्रतिशत सम्मले बढाएका छन् । यही बहानामा केही बैंकहरूले अन्य प्रकृतिका कर्जाको दर पनि सामान्य रूपमा बढाएका छन्